पोखरा । शुक्रबार कास्कीका २०९ सहित गण्डकीमा थप ८०८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धित दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४९० जनामा गरिएको नमुना परीक्षणमा ८०८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २०९ जना, तनहुँका ५४ जना, गोरखाका ७७ जना, लमजुङका चार जना, नवलपुरका १३४ जना र स्याङ्गजाका ५१ जना छन् ।
यस्तै, पर्वतका १३३ जना, बाग्लुङका १३२ जना, म्याग्दीका १२ जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४० हजार ४९५ पुगेको छ । जसमा ११ हजार २७५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७७० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ।
बिहीबार गण्डकीमा एकैदिन सर्वाधिक ३० जनाको संख्यामा मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका १२ जना, तनहुँका छ जना, गोरखाका तीन जना, नवलपुरका एक जना, स्याङ्गजाका तीन जना, पर्वतका दुई जना, बागलुङका एक जना र मुस्ताङका दुई जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२४ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम