सभापति देउवाद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

सभापति देउवाद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

sher-bahadur-deuba

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

यसैगरी विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउनसरकारसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds