मौसमः गण्डकी सहित पाँच प्रदेशमा उच्च बेगको हावाहुरीसहित भारी वर्षाको सम्भावना

मौसमः गण्डकी सहित पाँच प्रदेशमा उच्च बेगको हावाहुरीसहित भारी वर्षाको सम्भावना

mausam

पोखरा । हाल देशमा चक्रवात (Cyclonic Storm) यास् (YAAS) पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको Depression ( न्यून चापीय क्षेत्र)को प्रभाव रहेको छ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

जल तथा मौस पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी/अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर–पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी/अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर–पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds