‘खोप खरिद गर्न मिल्ने बनाऊ’ : सभापति कोइराला

‘खोप खरिद गर्न मिल्ने बनाऊ’ : सभापति कोइराला

dipak-koirala

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयद्वारा आज आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा उनले सबैभन्दा पहिले जनता बचाउनुपर्ने भएकाले बजेटको ५० प्रतिशत स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव दिए ।

कोइरालाले निर्वाचन पूर्वाधार विकास क्षेत्रको बजेट दुई करोडबाट बढाएर बरु पाँच करोड पु¥याउनुपर्ने र यस कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्नेमा जोड दिए । मितव्ययिता भनेर भाषण गर्ने सरकारले अनावश्यक मन्त्रालय थप्दै गएको बताउँदै उनले प्रदेशको आम्दानी बृद्धिभन्दा अनावश्यक खर्च गर्न तल्लिन रहेको टिप्पणी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 3 seconds