कोरोना संक्रमणबाट अर्का डीएसपी खरेलको पनि निधन

कोरोना संक्रमणबाट अर्का डीएसपी खरेलको पनि निधन

sameer chandra kharel

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको निधन भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार निधन भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको थियो । केसी यसअघि कास्की प्रहरी प्रवक्ता थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds