पोखरा, २७ चैत / पोखराको एयरपोर्टमा माइक्रोबसको ठक्करले मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक घाइते भएका छन् ।
बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग९प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग१ख ३८७७ नम्बरको पोखरा माइक्रोले बिहान करिब ९ बजे ठक्कर दिएको हो । एयरपोर्ट अगाडि जनप्रिय क्याम्पस जाने मोडमा सो दुर्घटना भएको हो ।
ठक्करबाट मोटरसाइकलको पछाडि बसेका स्याङ्जा जिल्ला फेदीखोला घर भई पोखरा ड्यामसाइड बस्ने वर्ष २५ का शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा २१ निर्मलपोखरी बस्ने वर्ष २५ का सन्दीप पौडेल सख्त घाइते छन् । गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नगर बसले लेन मिचेर सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ठक्कर दिने बस र सवारी चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा विद्यालयबाट प्रहरी तिमिल्सिना सम्मानित
धादिङ-पोखरा सम्पर्क समाजमा पहिलाे पटक महिला नेतृत्व
सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि
९० जनाले गरे रक्तदान, ४१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक
न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु