काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।
युवा नेता जीवन राईको अध्यक्षतामा दल दर्ताका लागि निवेदन दिइएको हो । सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । २५ सदस्यीय कार्यसमिति राखेर दल दर्ताको निवेदन दिइएको हो । २५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षमा जीवन राई, उपाध्यक्ष कल्पना गुरुङ , महासचिव विनोदकुमार खुलाल, सचिव ऐन बिक्रम कुँवर र कोषाध्यक्ष सुशीला खनाल रहेका छन् । चुनाव चिन्ह भने कलम माग गरिएको छ ।
राई नेपाल पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको बताए ।
सम्बन्धित खबर
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम