काठमाण्डौ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाको अवधिमा ग्राहकले बिजुलीको बिल नतिरे पनि जरिवाना नलाग्ने भएको छ ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाकाअनुसार निषेधाज्ञा जारी भएपछिको अवधिको महशुल संकलनलाई ‘होलिडे सेटअप’ अर्थात् निषेधाज्ञा अवधिलाई शून्य अवधि माग्ने निर्णय प्राधिकरणले गरेको हो ।
‘अहिले मिटर रिडर घर-घरमा जान सकेका छैनन् । यसकारण निषेधाज्ञा अवधिको समयलाई शून्य गणना गर्ने भनेका छौं,’ उनले भने, निषेधाज्ञा सकिएर महशुल संकलन काउन्टरहरु जहिले खुल्छन्, त्यसपछि नियमअनुसार गणना गरेर महशुल असुल गरिन्छ ।’
मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत महशुल नतिरेकोलाई प्राधिकरणले जरिवाना लिन्छ । तर जरिवाना तिराउने समयलाई पनि निषेधाज्ञा अवधिभर शून्य गणना गरिनेछ ।
यद्यपि, यो अवधिमा उपभोक्ताले आफै मिटर रिडिङ गरेर अनलाइनमार्फत् बिल भुक्तानी गर्न भने सक्नेछन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम