कोरोनाका बिरामीलाई रेम्डेसिभिर प्रयोग नगर्न डब्लुएचओको आग्रह, नेपालमा भने उत्पादनका लागि अनुमति

कोरोनाका बिरामीलाई रेम्डेसिभिर प्रयोग नगर्न डब्लुएचओको आग्रह, नेपालमा भने उत्पादनका लागि अनुमति

remdesivir

विश्व स्वास्थ्य संगठनले कोभिड—१९ का बिरामीलाई रेम्डेसिभिर औषधी प्रयोग नर्गन आग्रह गरेको छ ।

नेपाल लगायतका विभिन्न देशमा कोभिडका गम्भिर बिरामीलाई रेम्डेसिभिर औषधि दिइएको छ । आपतकालीन अवस्थामा प्रयोग हुँदै आएको रेम्डेसिभिर औषधि डब्लूएचओले औषधी सूचीबाट हटाएको हो ।

केही समय अघिदेखि नै कोरोनाका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओले आग्रह गर्दै आएको थियो । विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीलाई आपतकालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएपनि हाल कोरोना उपचारको औषधिको सूचीबाट हटाएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीका लागि रेम्डेसिभिर औषधिले काम नगर्ने भनिरहँदा नेपालमा भने रेम्डेसिभिर औषधि नेपालमै उत्पादन गर्न लागिएको हो । औषधि व्यवस्था विभागले रेम्डेसिभिर औषधी उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयर अनुमति दिएको छ ।

औषधी उत्पादनका लािग अनुमती दिएपनि बजारमा बिक्रिका लागि विभागले अनुमति दिएको छैन । नेपालमा कोरोना संक्रमित बढेसँगै रेम्डेसिभिर औषधीको माग बढ्दो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds