प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते सिफारिस

प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते सिफारिस

Federal Parliament

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ०७७ पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले पुनर्स्थापित गरेपनि फेरि भंग भएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग हुन पुगेको हो । मध्येरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि काार्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर सिफारिस गरेको हो ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्यो । बैठक राति १ बजे सकिएको छ । राष्ट्रपतिले मध्येराति झण्डै १२ बज्न लाग्दा दुवै जना नयाँ प्रधानमन्त्री बन्ने आधार नभएको भन्दै विज्ञप्ति जारी गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए । तर फागुन ११ गते सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गरिदिएको थियो ।

सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज [विज्ञप्तिसहित]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds