पोखरामा प्याराग्लाइडिङ दुर्घटनाबाट घाईतेको उपचार हुँदै (२ वर्षमा भएका दुर्घटना)

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाबाट घाईतेको उपचार हुँदै (२ वर्षमा भएका दुर्घटना)

Paragrading-in-Nepal

संकेतिक चित्र

पोखरा, २५ चैत / पोखरामा आइतबार दिउसो प्याराग्लाइडिङ दुर्घटनाबाट घाईते भएका बेलायती नागरिकको उपचार भइरहेको छ । ३६ बर्षीय माइकल पोखरा मनिपाल शिक्षण अस्पतालमा उपचाररत छन् ।

पोखरा लेखनाथ महानगरपालिका २४ तोरीपानीमा दिउँसो प्याराग्लाइडिङ दुर्घटना भएको थियो । पिस हिमालयन प्याराग्लाईडिङ कम्पनीको दुर्घटना भएको थियो । उड्ने क्रममा असन्तुलन हुँदा प्याराग्लाइडिङ दुर्घटना भएको बताइएको छ ।

पोखरामा पटक पटक प्याराग्लाइडिङ दुर्घटना हुने गरेको छ । प्याराग्लाईडिङ उडानका लागि विश्वकै उत्कृष्ट गन्तब्य उन्मुख पोखरामा समय समयमा यस्तो घटना भईरहेका छन् ।

यसअघि गत फागुन १८ गते दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाईते भएका थिए । प्याराग्लाइडिङ अवतरण गर्ने स्थान खपौंदीमा भएको सो दुर्घटनामा प्यारा पाइलट र एक जापानी पर्यटक घाइते भएका हुन् ।

त्यसअघि फागुन २ गते भारतीय प्याराग्लाइडरको ज्यान गएको थियो । गत असारमा पोखरा लेखनाथ ३३ घर भएका प्रभात सुवेदीको ज्यान गएको थियो ।

त्यसभन्दा अघि, २०७३ माघको दोस्रो साता बेलायती नागरिक मिचेल पिटर र २०७३ मै कार्तिक दोस्रो साता स्याङ्जा स्वरेकमा लेकसाईडका शैलेष पहारीको निधन भएको थियो ।

गत वर्ष पुसमा स्याङ्जा कालिकाकोटमा सुडानी नागरिक टन सोडन ग्रीन भीरमा अड्किँदा गम्भिर घाईते हुन पुगेका थिए । गतवर्ष नै असोजमा फेवातालमा खसेका पाँचजना यात्रु र छ जना प्याराग्लाईडिङ पाइलटलाई उद्धार गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ