मोरङ – २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको रंगेली नगरपालिका वडा नं -३ तिलुवा चोक बस्ने अनिता यादवको हत्या गरेको आरोपमा देवर नाता पर्ने १९ वर्षीय विनोद यावदलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुधबार बिहान तिलुवा चोकस्थित नहरमा अनिताको शव फेला परेकोमा घटना पश्चात प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले उनका श्रीमानसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेकोमा देवर विनोद र अनिता बीच झगडा हुँदा मंगलबार राति दाउ प्रहार गरी अनिताको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेको विनोद माथि मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते