एक अध्ययनले लामो समय काम गर्ने सयौँ हजार मानिसको प्रतिवर्ष मृत्यु भइरहेको देखाएको छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार सन् २०१६ मा सात लाख ४५ हजार यस्ता मानिसको मृत्यु भएको हो ।
लामो समय काम गर्दा स्ट्रोक र मुटुरोगका कारण मानिसहरुको मृत्यु हुने गरेको दाबी गरिएको छ । रिपोर्टअनुसार दक्षिण पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रका मानिसहरुमा बढी यस्तो समस्या देखिएको छ । कोरोना महामारीले अवस्था झन् भयावह हुने देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
एक हप्तामा ५५ घण्टा वा त्योभन्दा धेरै काम गर्नेहरुमा स्ट्रोक हुने उच्च जोखिम ३५ प्रतिशत रहने र मुटुरोगको उच्च जोखिम १७ प्रतिशत हुने अनुसन्धानले देखाएको हो । तर ३५ देखि ४० घण्टा काम गर्नेमा यस्तो कमै पाइएको बताइएको छ ।
यो अध्ययन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग मिलेर गरिएको अध्ययनले लामो समय काम गर्ने क्रममा मृत्यु भएकामध्ये तीन भागजतिको उमेर मध्यमदेखि वृद्ध अवस्थाको रहेको देखाएको छ ।
प्रायः मृत्यु भने जीवनको उत्तरार्धतिर अर्थात् लामो समय काम गरेको दशकौँ पछि भएको पाइएको छ । बीबीसीबाट
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन