पोखरामा लकडाउन जारी छ । तर, कडा निषेधाज्ञा भनिएपनि मानिसहरुको आवतजावत रोकिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही हप्ता कोरोना भाइरस संक्रमणको चुनौती रहेको भन्दै २० जिल्लामा निषेधाज्ञामा कडाइ गर्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर निषेधाज्ञा लागू भएका जिल्लामा पनि मानिसहरूको आवतजावत निरन्तर भइरहेको भन्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निभाउन सम्बन्धिन निकायलाई आग्रह गरेका छन् ।
मन्त्रालयले काठमाडौं, रूपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवलानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पालगायतका जिल्लाहरूमा संक्रमण उच्च रहेको र संक्रमितहरू सार्वजनिक स्थानहरूमा खुल्ला रूपमा हिँडिरहेको भेटिएकोले यी जिल्ला निषेधाज्ञामा कडाइ गर्न भनेको हो ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ