गण्डक न्युज पोखरा, २४ चैत / पोखराको पर्यटकीय गन्तव्य सराङकोटबाट विन्ध्वासिनी चोक तर्फ झरिरहेको पर्यटक हाइसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
अपरान्ह साढे ५ बजे उकालो उक्लिरहेको ग १२ प ४७२८ नम्बरको स्कुटरमा सवार स्थानीय ३६ वर्षीय रामु पुनको मृत्यु भएको हो ।
लेक भ्यु रिसोर्टको ग १ प ६८ नम्बरको हाइस गुम्बा नेरको घुम्तीमा स्कुटरलाई ठक्कर दिन पुगेको थियो । झण्डै १० मिटरसम्म लछारेर घरसम्मै पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार ओरालो झरिरहेको माईक्रोले स्कुटरमा सवार पुनलाई ठक्कर दिएर लछारेर घरको पेटीसम्मै पुगेको हो ।
दुर्घटना हुने बित्तिकै रक्ताम्य पुनलाई फिस्टेल अस्पताल लगिएपनि चिकित्सकले मुत्यु भइसकेको बतायो । मृतक पुनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । दुवै सवारी र माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् ।
पछिल्लो समय सवारी दुर्घटना बढेको छ । दुई दिन अघि मात्रै हेम्जामा ट्रकको ठक्करबाट स्कुटर चालककै ज्यान गएको थियो ।
तस्विरः महोदत्त काफ्ले
सम्बन्धित खबर
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट
संविधान दिवस : स्याङ्जामा प्रभातफेरी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष साढे ४ लाख बढीले लिए सेवा
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग