गण्डक न्युज पोखरा, २३ चैत । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवाको सामुदायिक बनक्षेत्रमा एक युवकको शव फेला परेको छ । जलाईएको अवस्थामा अन्दाजी २२/२३ बर्षका युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी जलाएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय, डाँडाको नाकका प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए । ‘बिहान १० बजेपछि सूचना आएपछि हामी गयौं । स्थानीयले पनि पहिचान गर्न सकेनन् ।’ – डिएसपी पुरीले भने ।
उनका अनुसार शव चिनिने अवस्थामा छ । तर, शरीर जलेर कपडाविहीन अवस्थामा थियो । घटना गएरातिकै हो । हत्यापछि जलाएको वा जलाएरै हत्या भएको बारे अहिले केहि भन्न नसकिने उनले बताए । बाहिरी चोटपटक नदेखिएकाले पोष्टमार्टम पछि मात्रै हत्याको प्रकृति थाहा हुने प्रहरीले जनाएको छ । शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ