जनमोर्चा सांसद शाहीले भने: ‘त्यो भाइरल भएको मेरो विज्ञप्ति हैन, फेक हो’

जनमोर्चा सांसद शाहीले भने: ‘त्यो भाइरल भएको मेरो विज्ञप्ति हैन, फेक हो’

khim bikram shahi1

गण्डकी प्रदेशका जनमोर्चा सांसद खिम विक्रम शाही वैशाख १५ गतेबाटै चर्चाको चर्चाको पात्र बने । त्यो दिन उनी अविश्वास प्रस्तावको मतदान हुने प्रदेशसभा बैठकमा उपस्थित भएका भए सोहि दिन पृथ्वीसुब्बा गुरुङको सरकार ढलेर कृष्णचन्द्र नेपाली पोखरेलको सरकार बनिसक्थ्यो र काँग्रेस-माओवादीको सपना तुहिने थिएन । तर, उनी त्यो दिन एक्कासी गायब बने । सोहि दिन चरक हस्पिटलमा भेटिए, बिहान पीसीआर नेगेटिभ आएको मान्छेको साँझसम्म २ पटक नेगटिभ आयो र आईसियूमा उपचाररत उनी ५ दिनमै हस्पिटल छाडेर होटलमा बसे ।

यही भन्दै उनलाई पिएस सरकार जोगाउन खोजेको आरोप लागिरह्यो । तर, उनले आफू पार्टीकै निर्देशन मान्ने र पृथ्वीसुब्बा सरकारलाई साथ नदिने बताए । त्यसै दिनको त्यो घटनाले फरक मोड लियो । नयाँ सरकार गठनको दाबी गर्ने दिन आज अपरान्ह ४ बज्नु १ घन्टा अघि एउटा विज्ञप्ति सार्वजनिक भयो ।

जुन विज्ञप्तिमा शाहीको पनि दलका नेता कृष्ण थापाकै भाषा थियो । अर्थात्, अब उनी पनि काँग्रेसको नेतृत्वमा बन्ने सरकारको पक्षमा छैनन् । आफू कुनैपनि गठबन्धनमा नलागेको र तटस्थ रहेको विज्ञप्तिमा थियो ।

विज्ञप्ति यस्तो थियोः

तर, उक्त विज्ञप्ति ‘फेक’ रहेको उनले बताएका छन् । पार्टी सचेतक पियारी थापाले त कृष्ण थापाको विज्ञप्ति समेत फेक बताएकी छिन् । पियारीले फेसबुकमा लेखेकी छन्, ‘सांसद खिमविक्रम शाही र कृष्णबहादुर थापाको विज्ञप्ति भनेर भ्रामक विज्ञप्तिहरु सामजिक सञ्जालमा आयका छन् त्यसमा कुनै सत्यता नरहेको जानकारी गराउँदछु ।’

सांसद शाहीले स्वयं आफ्नो नाममा जारी विज्ञप्ति आफ्नो नरहेको बताएका छन् । उनले उक्त विज्ञप्ति निराधार र भ्रमपूर्ण रहेको बताएका छन् । नियोजित तवरले चरित्रहत्या गर्न भ्रमपूर्ण तरिकाले अफवाह फैलाइएको उनको दाबी छ । उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सरकार बनाउन मंगलबार नै हस्ताक्षर गरेका थिए । उनीपनि बुधबार निशिखोला गएका छन् । आफू पार्टी निर्णयप्रति स्पष्ट रहेको उनले बताए । “कसले मेरो चरित्रहत्या गर्न फेक विज्ञप्ति फालिदिएछ, त्यो बदमासी हो, फेक हो,” उनले भने “म निशिखोला आएको छु । यहाँ नेट नभएकाले फेसबुकमा लेखेर उक्त विज्ञप्ति आफ्नो नरहेको प्रष्ट पारेको छु, मैले हिजो नै हस्ताक्षर गरिसकेको हुँ ।”

यता, सांसद कृष्ण थापा भने पत्र आफूले नै पठाएको बताएका छन् । उनले नाममा ‘बहादुर’ बढी थपिएकाले भ्रममा नरहन आग्रह गरे । ‘विज्ञप्तिमा बहादुर भएर आएछ । बहादुर हटाउनुस् भनेको साथीहरुले त्यस्तै पठाएछन्  । विज्ञप्ति मेरै हो,’ उनले भने, ‘प्रदेश प्रमुखकोमा कृष्ण थापा मात्रै गएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds