थापाले बाग्लुङबाटै पत्र लेखे, ‘प्रदेश प्रमुख ज्यू, कारबाहीलाई बैधता नदिनुहुन अनुरोध गर्दछु’

थापाले बाग्लुङबाटै पत्र लेखे, ‘प्रदेश प्रमुख ज्यू, कारबाहीलाई बैधता नदिनुहुन अनुरोध गर्दछु’

krishna-thapa-rajmo

संसदीय दलको नेताबाट हटाइएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आफूलाई विना जानकारी हटाइनु गैरकानुनी भएको बताएका छन् ।

गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र लेख्दै उनले कारबाहीलाई बैधता नदिन आग्रह गरेका छन् । ‘म पार्टी कामले बागलुङमा हुँदा किर्ते, जालसाजी गरेर हटाउन खोजियो, कारबाहीलाई वैधता नदिन आग्रह गर्छू,’ उनले लेखेका छन् ।

उनले कुनै गठबन्धनमा नलागेको पनि बताएका छन् । ‘म हालको सरकार निर्माणको कुनै गठबन्धनमा नलागि तटस्थ बसेको व्यहोरा जानकारी गराउँछु’ थापाले भने ।

संसदीय दलका नेताबाट हटाइएका थापा भने अहिले आफ्नो घर बागलुङ जैमिनी पुगिसकेका छन् । आफूलाई कारबाही गर्ने बारे स्पष्टिकरण कसैले पनि नसोधेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds