पोखराको होटल तथा पर्यटन क्षेत्रमा लामो समय योगदान दिएका कष्ण आचायृको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।
लेकसाइडस्थित टेम्पल ट्री रिसोर्टका रेजिडेन्ट म्यानेजर रहेका ५२ वर्षीय आचार्यको कोरोनाबाट निधन भएको पुष्टि भएको छ । काठमाडौंका स्थायी बासिन्दा आचार्य फूलबारी रिसोर्टबाट २१ वर्षअघि पोखराको पर्यटन क्षेत्रमा थिए । यसअघि उनले होटल पोखरा ग्रान्डमा समेत जिम्मेवारी सम्हालेका थिए ।
गैह्रापाटनको फिस्टेल हस्पिटलमा उपचाररत उनको सोमबार साँझ निधन भएको हो । हप्ता दिनअघि कोरोनाका लक्षण देखिएपछि चरक अस्पताल पुगेका आचार्य केही बिसेक भयो भनी फर्किएर होटल आइसोलेसनमा बसेका थिए ।
३ दिनअघि फेरि गाह्रो महसुस गरेका आचार्यलाई फिस्टेल हस्पिटल भर्ना गरिएको थियो । उनी बिसन्चो भएको खबरपछि केही दिनयता छोरा काठमाडौंबाट पोखरा आएका थिए, श्रीमती सोमबारमात्रै आइपुगेकी थिइन् ।स्वर्गीय आचार्यका श्रीमती र २ छोरा छन् ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ