कोरोना संक्रमणबाट नेकपा एमालेका नेता शोभाखर भण्डारीको निधन भएको छ। ६३ वर्षीय भण्डारीलाई एक हप्ता अघि कोरोना पुष्टि भएको थियो ।
उनको गएराति साढे १२ बजे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। लामो समय नेकपा एमालेको सक्रिय राजनीति गरेका भण्डारी पछिल्लो समय प्रतिनिधिसभा विघटनपछि माधव नेपाल पक्षमा खुलेका थिए ।
केही समयअघि नेपाल समूहले गरेको समानान्तर कमिटी गठनमा उनी कास्की जिल्ला उपाध्यक्ष चुनिएका थिए । भण्डारी कास्कीका विभिन्न संघसंस्थामासमेत आवद्ध थिए । अभिभावक संघ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्, आदर्श समाज, पुष्पलाल मित्रता केन्द्रलगायत संघसंस्थामा आवद्ध थिए ।
उनको निधनमा एमाले नेता खगराज अधिकारी लगायतले शोक व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ