तनहुँ – रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं -२ मार्केचोकस्थित तारा बहादुर गुरुङको घरमा काम गरी बस्ने सोही स्थानका ४५ वर्षीय भिम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी ६:०० बजेको समयमा हाँगा काट्न रुखमा चढेका उनी रुखको हाँगाले बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हाडजोर्नी अस्पताल आँबुखैरेनी लगिएकोमा उपचारका करमा मृत्यु भएको हो ।
घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते