पोखरा – कोरोना संक्रमणका कारण सोमबार बिहानै गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ।
म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका निवासी ७२ वर्षीय पुरुषको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको छ । आइतबार मात्रै कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि भर्ना भएका उनको दिउँसो ३ बजेको समयमा मृत्यु भएको हो।
यस्तै, पर्वत जिल्ला कुश्मा नगरपालिका -४ निवासी ६७ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको छ।
गत बैशाख २२ गते कोरोना पुष्टि भएर उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनको आज बिहान ७ :१० बजेको समयमा मृत्यु भएको हो । मृतक पुरुषमा कोरोना संगै निमोनियाको समस्या रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम