उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिँदा हुन्छ यस्तो फाइदा

उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिँदा हुन्छ यस्तो फाइदा

swas ferne

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजिवी पनि बनाउँछ ।

विहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्नुपर्दछ । त्यसरी गरिने श्वासप्रश्वास व्यायामका केही फाइदाहरु यस प्रकारका छन्ः

– तनावमुक्त बनाउँछ

गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँदछ र तनाव, चिन्ता र त्रास घटाउँछ ।

– शरिरको बिष फालिदिन्छ

श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ ।

– दिमागलाई शान्त बनाइदिन्छ

अत्यधिक तनाव र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

– अन्य अंगलाई पनि सहयोग

गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह गरिदिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds