मुलुकभर थप ८ हजार ८५० जनामा कोरोना पुष्टि, ४ हजार २२ कोरोनामुक्त

मुलुकभर थप ८ हजार ८५० जनामा कोरोना पुष्टि, ४ हजार २२ कोरोनामुक्त

jageshwar-gautam-health-ministry

काठमाण्डौ – पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ८ सय ५० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार देशभरका १८ हजार ७८७ जनाको पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोनामुक्त भएका छन् भने, यही अवधिमा ५२ जनाले संक्रमणकै कारण ज्यान गुमाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ