कोरोनाले वडा अध्यक्ष मृत्यु

कोरोनाले वडा अध्यक्ष मृत्यु

binod bk

 बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको कोरानाका कारण मृत्यु भएको छ।

अत्याधिक ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले जिल्ला अस्पताल बाजुरामा पुर्‍याएका थिए।जिल्ला अस्पताल बाजुरामा उपचार असम्भव भएपछि शनिबार दिउँसो डडेलधुरा रिफर गरिएको थियो।

रिफर गरिएका विक बाटोमा लाँदै गर्दा अछामको साफेबगरमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। वडा अध्यक्ष विक बिगत एक हप्तादेखि बिरामी भएर घरमै थिए । शनिबार अन्तिम अवस्थामा पुगेर जिल्ला अस्पताल ल्याइएको

विकलाई जिल्ला अस्पताल पुर्‍याउदा नै गाह्रो थियो। अक्सिजनसहित भ्यान्टिलेर आईयु आवस्यक थियो। त्यो बाजुरामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले जानकारी दिए।

जिल्ला अस्पताल बाजुरामा दुई भ्यान्टिलेर बेड र दुई आईसीयू बेड रहेका छन्। तर प्रर्याप्त अक्सिजन र भ्यान्टिलेरट संचालनका लागि जनशक्ति अभावका कारण संचालनमा छैन।

घर घरमा बिरामी छन् सामान्य हुँदा कोही परीक्षण गर्न आउँदैन। अन्तिम समयमामात्र आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।  बाजुरामा दोस्रो भेरिएन्ट सहितको कोराना गाउँगाउँमा फैलिएको छ। बाजुरामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ। भने २ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds