पछिल्लो समय जथाभावी एन्टिबायोटिक औषधिको सेवन बढेको कुराहरु आइरहेको छ। यो एकदम गलत कुरा हो। हल्लाको भरमा र कसैले भनेको भरमा यसरी आफूखुसी औषधि खानु हुँदैन। सामाजिक सञ्जालमा कोरोनाको औषधि भनेर गलत हल्ला चलाइएको छ। ती कुरामा विश्वास गर्नु हुँदैन। औषधि खाने कुरामा आफूखुसी निर्णय गर्दा भोली त्यसले झनै गम्भीर समस्या निम्त्याउँछ।
मैले काम गर्ने अस्पतालमा पनि संक्रमित भएर आउनु भएका बिरामीहरुले अस्पताल आउनुपूर्व नै एन्टिबायोटिक खाएर आउनुभएको धेरै भेटेको छु। यो एकदमै गलत भइरहेको छ। उहाँहरुलाई त गलत गरिसक्नु भयो अब तपाईंहरुले त्यो गल्ती नगर्नुहोला।
कोभिड भाइरसले लाग्ने रोग हो तर हामीले आफूखुसी ब्याक्टेरियल रोगका लागि खाने औषधि खाइरेका छौँ। यसले तत्काल र दीर्घकालिन रुपमा असरहरु गर्छ। यो निकै डरलाग्दो विषय हो।
कोरोनाको औषधिका नाममा प्रमाणित नभएका औषधि धेरै प्रयोग हुन थालेको छ। जुन गलत हो। कोरोना निको हुने औषधि अहिलेसम्म बनेको छैन। भ्याक्सिनहरु बनेर लगाउने काम भइरहेको छ। तर कोरोना लागेकालाई ठिक पार्ने भनेर औषधि बनेको अवस्था छैन। तर मानिसहरु गलत कुराको पछाडि दौडेर अनावश्यक रुपमा औषधिहरु खाइरहेका छन्। यसले भोलीका दिनमा मानिसका शरीरमा गम्भीर खतरा निम्तिने देखिन्छ।
भाइरसका कारण हुने कोभिड बिरामीलाई एन्टिबायोटिकका औषधिको गलत सूची देखाएर भ्रम फैलाउने काम भइरहेको छ। यस्ता भ्रमको विश्वास नगर्न सबैमा आग्रह गर्छु।
जुनसुकै एन्टिबायोटिकले पेटमा असर गर्छ। दिसा पातलो हुने, वाकवाक लाग्ने र अरुची लाग्ने हुन्छ। यसैपनि कोरोना संक्रमण भएको मानिसहरुलाई खान मन नलाग्ने र पाचन प्रणाली कमजोर बनाइरहेको हुन्छ। त्यसमै एन्टिबायोटिक दिँदा पाचन प्रणाली झनै कमजोर बनाउने हुनाले थप समस्या हुन्छ।
कतिपय एन्टिबायोटिकले सुनाइ कमजोर हुने, पेटमा पाचन नलीमा अल्सर बनाउन सक्छ। त्यसबाहेक तुरुन्त नदेखि तर केही वर्षपछि असर गर्ने असर भनेको एन्टिबायोटिक रेजिष्टेन्स हुनसक्छ। अर्थात भविष्यमा एन्टिबायोटिक नै चलाउनु पर्ने अवस्थामा ती एन्टिबायोटिकले शरीरमा काम नगर्न सक्छ। अहिले आफूखुसी औषधि खाएको मानिसलाई भविष्यमा साँच्चिकै निमोनिया भयो भने यी कुनै पनि औषधिले काम नगर्ने अवस्था आउन सक्छ।
कोरोना भाइरस संक्रमितले पारासिटामोल बाहेक अरु केही खानुपर्ने हुँदैन। सानो गल्तीले पछि ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ। संक्रमितको अवस्था अनुसार अस्पतालमा चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाइरहेका छन्। त्यसकारण विज्ञ डाक्टरले दिएको सुझाव पालना गर्न आग्रह गर्दछु।
डा. राजु पंगेनी, छाती रोग विशेषज्ञ, ह्याम्स अस्पताल / स्वास्थ्य खबर
सम्बन्धित खबर
खुमा फाउन्डेसनले खुला रक्तदान तथा नि : शुल्क स्वास्थ्य शिविर गर्ने
गण्डकीमा १० महिनामा १८ हजारमा डेंगी सङ्क्रमण, ८ जनाको मृत्यु
नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
तिहारमा अधिक मिठाइ खाँदा यी कुराहरूमा ध्यान दिनुहोस्
देशका तीन अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ