पोखरा – कोरोना संक्रमणका कारण शुक्रबार एकैदिन ७ जनाको मृत्यु पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी आजको पहिलो विज्ञप्तिमा चार जनाको मृत्यु पुष्टि भइसकेकोमा नवौं विज्ञप्तिमा थप तीन जनाको मृत्यु पुष्टि भएको हो।
थप मृत्यु पुष्टि हुनेमा म्याग्दी जिल्ला बेनी नगरपालिका -२ निवासी ७३ वर्षीय पुरुष, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका निवासी ३२ वर्षीय पुरुष र दाङ जिल्ला लमही नगरपालिका -५ निवासी ४४ वर्षीया महिला रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।
म्याग्दी र दाङ जिल्लाका संक्रमितको मणिपाल शिक्षण अस्पताल र रुपन्देहीका संक्रमितको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४८ पुगेको छ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम