भारतमा उड्दा-उड्दै पांग्रा खसेको जहाजको सफल अवतरण

भारतमा उड्दा-उड्दै पांग्रा खसेको जहाजको सफल अवतरण

Aeroplane-india

एजेन्सी – उड्दा उड्दै पाङ्ग्रा खसेको जहाजलाई बिहीबार राति सफल अवतरण गराइएको छ।

भारतको मुम्बईमा एक पाइलटले बिहीबार राति उड्दा-उड्दै पांग्रा खसेको एउटा जहाजलाई सफल अवतरण गराएका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए।

जेट सर्भ एभिएसनले चलाएको सी-९० भिटी-जेआइएल जहाजको टेकअफ हुनासाथ एउटा पांग्रा निस्किएको थियो। त्यसपछि पाइलटले आकस्मिक अवतरणका लागि जहाज मुम्बईतिर मोडेका थिए।

राति ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा जहाजलाई आकस्मिक अवतरण गराइएको थियो।

अवतरण लगत्तै सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै तयारी अवस्थामा राखिएको अग्नी नियन्त्रकको टोलीले जहाजमा पानीको फोहोरा बर्साएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds