सम्राट जिसी बुटवल, २१ चैत / जिफण्टको आठौं राष्ट्रिय महाधिवेशनबाट हालै निर्वाचित अध्यक्ष लगायतका पदाधिकारीलाई बुटवलमा सम्मान गरिएको छ ।
यही चैत १४ देखि १७ गतेसम्म काठमाण्डौमा भएको महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष उपाध्यक्ष कमल गौतम, सचिव दामोदर सापकोटा, सदस्यमा रञ्जु भट्टराई, सांसद सीता लामा, जीवन अधिकारी, प्रदेश छ अध्यक्ष हरि बहादुर कार्की, युवा.उपाध्यक्ष सन्तोष के.सी लगायतलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी अञ्चल कमिटीले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रम यो कमिटीले पूरा गर्ने, ट्रेड युनियन आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण ट्रेड युनियनहरु एक भएर लाग्नु पर्ने, यो अभियानमा कोहि पनि नछुट्ने र कोहि पनि जीवन भरी पदमा टासिंएर बस्नु नहुने, सबैको आफ्नो ठाउँबाट योगदान रहेकाले सबैको आत्मसम्मान हुने गरी पदीय बाँडफाँड गर्ने आश्वासन दिए ।
मजदुर पक्षीय संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका निवर्तमान सांसद समेत रहेका श्रेष्ठले संविधानमा उल्लेखित मजदुर पक्षीय कानुनलाई अब कार्यान्वयन गर्न अब यो कमिटी लाग्ने भन्दै बोलेर मात्र नहुने अब प्रत्यक्ष मजदुरले अनुभूति हुने गरि कामगर्ने प्रतिबद्धता समेत जनाए ।
मजदुर संगठनका लुम्बिनी अध्यक्ष कृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट युवा कमिटी उपाध्यक्ष सन्तोष केसी, ध्यान बहादुर राई लगायतले बोलेका थिए । धन्यवाद मन्तव्य सांसद सीता लामाले दिएकी थिईन् भने रामचन्द्र बस्यालले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि हुने
गोरखामा वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु
स्याङ्जामा एचपीभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायीद्वारा शैक्षिक सामग्री हस्तान्तरण
मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा