पोखरा । अहिले लकडाउन जारी छ । सडक खाली छ । तर पनि दुर्घटना भइरहेका छन् । खाली सडकमा आँखै नहेरी स्पीडमा सवारी चलाएपछि दुर्घटना हुने नै भइहाल्यो । हिजो लेखनाथमा दुई बाइक आपसमा नराम्ररी जुधे । आज पोखरा ७ शान्तिनगरचोक नजिकै पानी ट्यांकर र यसका चालक ठूलो दुर्घटनाबाट जोगिएका छन् ।
लेकसाइडबाट जिरो किमितर्फ आउने क्रममा बेलुकी साढे ६ बजेको समयमा ग १ ख २२५० नम्बरको विन्दावासिनी सिटी वाटर सप्लायर्सको सो ट्यांकर सडक बीचको अग्लो पक्की डिभाइडर माथि चढ्न पुगेको हो ।
जिकज्याक तरिकाले सडक भत्काएर डिभाइडर माथि चढ्दा पनि ट्याङ्कर नपल्टिँदा मानवीय क्षति हुन पाएन । नत्र, ट्याङ्कर नै उत्तानटाङ हुने अवस्था थियो ।
तीब्र गतिका साथ खाली सडकमा गुडेका मोटरसाइकललाई पनि ओभरटेक गरी गुडाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
तस्वीरः आशिष पुरी
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ