पोखरामा स्याङ्गजा र पर्वतका दुई संक्रमितको मृत्यु पुष्टि

पोखरामा स्याङ्गजा र पर्वतका दुई संक्रमितको मृत्यु पुष्टि

corona death

पोखरा – कोरोना संक्रमणका पोखरामा दुई जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा स्याङ्गजा र पर्वत जिल्लाका संक्रमित छन्।

गत वैशाख १८ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका -११ का ५० वर्षीय पुरुषको मंगलबार राति ९ :५० बजेको समयमा मृत्यु भएको छ। निमोनियाका समेत विरामी रहेका उनको उपचारको क्रममै मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

यस्तै पर्वत जिल्ला जलजला गाउँपालिका -७ निवासी ८४ वर्षीय संक्रमित पुरुषको मंगलबार राति ८:१५ बजेको समयमा मृत्यु भएको छ।

मंगलबारनै कोरोना पुष्टि भएपश्चात उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा ज्यान गएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३७ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ