‘काम नभई लखर लखर सडकमा हिँड्नेलाई समेत समात्छौँ’

‘काम नभई लखर लखर सडकमा हिँड्नेलाई समेत समात्छौँ’

checking

काठमाडौं : स्थानीय प्रशासनले  निषेधाज्ञालाई हेरेर थप कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ। त्यस्तै, सञ्चार माध्यमलाई समेत सूचना विभागको परिचयपत्रले मात्र हिँड्न पाउने नियम बनाइएको छ।

अघिल्लो तीन दिन सम्बन्धित संस्थाको परिचयपत्रले नै हिँडन दिएको थियो। त्यस्तै, वित्तीय संस्थाहरुलाई पनि कर्मचारी कटौती गर्न भनिएको छ। सुरक्षा निकायलाई पनि सडकमा कडा चेकिङ गर्न निर्देशन दिएको छ। आइतवार बिहान प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर जाँच गरिरहेका छन्। जसले गर्दा पनि सडकमा जाम देखिएको प्रहरीले जानकारी दिएको छ।

‘आजबाट चेकिङमा थप कडाई गरेका हौँ। ठाउँ ठाउँमा चेकिङ छ। त्यसैले गर्दा पनि सडकमा केही जाम देखिएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठौरले भने।

निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यो सङ्ख्यामा सशस्त्र प्रहरी समेटिएको छैन। मास्क नलगाई र काम बिना सडकमा हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएर होल्डिङ क्षेत्रमा राखिएको प्रहरीले जानकारी दिएको छ।

‘अत्यावश्यक काम बाहेक सडकमा त्यसै हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएका छौँ। यसरी हिँड्ने मानिसलाई नियन्त्रणमा लिन्छौँ,’ एसपी राठौंरले भने।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds