छोम्रोङमा क्यान्सर रोग सम्बन्धी सचेतना तथा पाठेघर क्यान्सर हुन नदिन परीक्षण शिविर

छोम्रोङमा क्यान्सर रोग सम्बन्धी सचेतना तथा पाठेघर क्यान्सर हुन नदिन परीक्षण शिविर

29993842_10155132988727035_899605604_o

गण्डक न्युज पोखरा, २० चैत / कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ छोम्रोङमा आयोजित क्यान्सर रोग सम्बन्धी सचेतना तथा पाठेघर क्यान्सर हुन नदिन परीक्षण शिविरबाट दर्जनौं महिलाहरु लाभान्वित भएका छन् ।

‘अ लिटिल लभ गोज् टु लङ वे’ थिम्का साथ सक्रिय माया आउटरिचको मुख्य प्रायोजनमा अन्नपूर्ण गाउँपालिका वडा ११ र छोम्रोङ आमा समूहको संयुक्त आयोजनामा शिविर भएको थियो । पोखरा क्यान्सर केयर सेन्टर र पोखरा आरोग्य सेवा केन्द्रको सहयोगमा आयोजित शिविरमा ८० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

वरिष्ठ चिकित्सकहरु डा. कृष्णमुरारी अधिकारी र डा. कृपा शेरचनका साथै डा. वर्षा प्रताप र नर्सहरु रेगिना ठकुरी, संस्कृति पराजुली र सुस्मिता क्षेत्रीको टोली स्वास्थ्य जाँचमा खटिएका थिए ।

शिविरमा छोम्रोङ गाउँ सहित सिनुवा, भनुवा, नयाँ गाउँ, तिल्चे, झिनु, डौलु, रोमे, सलफु लगायतका स्थानबाट स्वास्थ्यजाँचका लागि पुगेका थिए । ५० बढी महिलाहरुले गर्भाशयमा हुने क्यान्सर सम्बन्धी परिक्षण र जानकारी लिएका थिए ।

जाँचमा संलग्न चिकित्सकहरुले अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको बताएका छन् । उनीहरुले क्यान्सर रोग, यसलाई लाग्न नदिने अपनाउनुपर्ने सावधानी लगायतका सन्दर्भका जानकारी समेत गराएका थिए ।

आमा समूहकी अध्यक्ष मिम कुमारी गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरिन् । माया आउटरिचका सदस्य कान्ति गुरुङ श्रेष्ठ र अनुप श्रेष्ठले ग्रामिण क्षेत्रमा महिलाहरु स्वास्थ्य उपचारको पहुँच र यस सम्बन्धी जानकारीबाट टाढा हुने भएकाले कार्यक्रममा सहयोग गरिएको प्रष्ट पारे ।

समूहकी सचिव पूर्ण गुरुङ लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds