थप ५७२७ जनामा कोभिड संक्रमण, एकै दिन ३३ जनाको मृत्यु

थप ५७२७ जनामा कोभिड संक्रमण, एकै दिन ३३ जनाको मृत्यु

corona -sankramit-mahila-chikitsak

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६५७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा ५६५७ जनामा र ५२५ जनामा एन्टीजेन परीक्षण गर्दा ७० जनामा संक्रमण देखिएको हो।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ। यस्तै, एकैदिन थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म ३ लाख २३ हजार १८७ जनामा कोरोना संक्रमण देखिँदा ३ हजार २७९ जनाको मृत्यु भइसकेको छ।

३० हजार संक्रमित होम आइसोलेसनमा, एक कल फोन गर्ने कोही छैन

सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हरेक दिन भेटिने संक्रमितको सख्या ५ हजार नजिक पुगिसकेको छ । उनीहरुमध्ये अधिकांश होम आइसोलेसनमा बस्छन् । तर उनीहरुले न चिकित्सकीय परामर्श पाएका छन्, न कनै निकायले अनुगमन नै गरेको छ ।

हरेक दिन फोनमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै चिकित्सकीय परामर्श दिने नियम बनाइए पनि कार्यान्वयन प्रभावकारी थिएन । यो पटक त गत वर्ष जस्तो पनि छैन ।

होम आइसोलेसनमा बसेकाहरुलाई परामर्श सेवा नभएकाले धेरै संक्रमितले स्वास्थ्य समस्या भोगिरहेका छन् ।होम आइसोलेसनमा बस्ने धेरैले मापदण्ड पालना नगर्ने र धेरै सिकिस्त भएमा के गर्ने भन्ने थाहा नभएकाले झनै संक्रमण विस्तार गरेर जोखिम बढाइरहेका छन् ।

संक्रमित स्वयंले पनि होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या आइपरे १११५ नम्बरको हटलाइन प्रयोग गरि परामर्श लिन सक्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds