काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइसोलेसनमा नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् ।
उक्त समाचारको खण्डन गर्दै उनले मिडियाले भ्रम प्रचार गरेको भन्दै यो प्रचार नियोजित भएको जिकिर गरेका छन् ।
हेर्नुहोस थापाको ट्वीट
मिडियाकाे भ्रम प्रचार –
कतिपय सञ्चारमाध्यमले नियाेजित रूपमा प्रधानमन्त्री आइसाेलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्ताे दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैकाे ध्यानाकर्षण गर्न चाहन्छु। मिडियाकाे आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हाे।— Surya Thapa (@ThapajiSurya) April 29, 2021
त्यस्तै, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पनि प्रधानमन्त्रीसँग केही मन्त्रीहरुले छलफल गरेको फोटो सार्वजनिक गर्दै त्यस्तो समाचार भ्रमपूर्ण भएको बताएका हुन्।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ