शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भन्यो– अब धान्न सक्दैनौँ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भन्यो– अब धान्न सक्दैनौँ

teku-hospital

काठमाडौं, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबै बेड कोभिड–१९ संक्रमितले भरिएपछि संक्रमितको व्यवस्थापन गर्न समस्या भएको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार सबै उपचारकक्षमा बेड क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि नयाँ बिरामी भर्ना लिने अवस्था छैन । “भएका सबै बेड भरिइसके, १४ बेड थपेर पनि नपुगेपछि अब हामी धान्न सक्दैनौँ भन्ने अवस्था आएको छ,” उनले भने ।

अस्पतालमा अहिले २२ संक्रमित आईसीयू र भेन्टिलेटरमा र ४६ जना आइसोलोसन वार्डमा उपचाररत छन् । आइसोलेसनमा रहेकामध्ये ९५ प्रतिशत बिरामी अक्सिजन सपोर्टमा राख्नुपर्ने अवस्थाका रहेका डा. राजभण्डारीले बताए । मुलुकभर बुधबारसम्म ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds