कोरोना संक्रमणका कारण गण्डकीमा थप २ जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण गण्डकीमा थप २ जनाको मृत्यु पुष्टि

corona death

पोखरा – कोरोना संक्रमणका कारण गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका प्रमुख तथा प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार तनहुँ र गोरखा जिल्लाका एक एक गरी थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको हो ।

गत बैशाख ८ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि मेडिप्लस अस्पताल पोखरामा भर्ना भएका तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -९ का ८३ वर्षीय संक्रमित पुरुषको सोमबार राति ११:२० बजे मृत्यु भएको छ ।

मृतक पुरुषमा निमोनिया र मुटु रोगको समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै गोरखा जिल्ला पालुङटार नगरपालिका -५ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको छ ।

सोमबार मात्रै कोरोना पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

आज थप भएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २१७ पुगेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds