तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।
आइतबार बिहान ९ बजेतिर चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता व्यक्तिको खोजी भइरहेको छ भने घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्रिशूली नदीमाथि निर्माणाधीन पुल गत चैत अन्तिम साता भत्किएको थियो । सोही पुल निर्माणमा खटिएका मजदुरहरु नदीमा खसेका हुन् ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते