करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम (पश्चिम) को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो ।
ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । करेन्ट लागेर गम्भीर घाइते विकलाई नजीकैको एपोलो अस्पतालमा उपचारका लागि पु¥याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते