अस्पतालमा आगलागी हुँदा आईसीयूमा उपचाररत १३ कोरोना संक्रमितको मृत्यु

अस्पतालमा आगलागी हुँदा आईसीयूमा उपचाररत १३ कोरोना संक्रमितको मृत्यु

ani

भारतको महाराष्ट्र प्रान्तस्थित विजय भल्ला अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान आगलागी हुँदा सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २३ देखि ६८ वर्षसम्मका रहेको बताइएको छ ।

आगलागी भएको बेला अस्पतालमा ९० जना बिरामीलाई भर्ना गरिएको र त्यसमध्ये १७ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यसअघि बुधबार पनि महाराष्ट्रको नाशिकमा अक्सिजन ट्याङ्कर लिक भएपछि २४ कोरोना संक्रमितको ज्यान गएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds