बालुवाटारको ‘डिनर मिटिङ’ले पनि दिएन ओलीलाई गौतमको साथ

बालुवाटारको ‘डिनर मिटिङ’ले पनि दिएन ओलीलाई गौतमको साथ

kp and bamdam

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादमा आफुलाई साथ दिन गरेको आग्रह उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन् ।

हिजो साँझ एमाले अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच बालुवाटारमा डिनर मिटिङ भएको थियो । त्यसक्रममा अध्यक्ष ओलीले साथ दिन आग्रह गरे पनि अस्वीकार गरेको उपाध्यक्ष गौतमले प्रेस नोटमार्फत जानकारी गराएका छन् । उपाध्यक्ष गौतमले फागुन २८ गते भएका अवैधानिक निर्णय फिर्ता लिएपछि मात्रै ओलीलाई साथ दिने जवाफ दिएका छन् ।

‘हिजो ९ गते कमरेड केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’  बामदेवको भनाई उदृत गर्दै प्रेस सहयोगी विश्वमणि सुवेदी मार्फत जारी भएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds