प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमसँ डिनर मिटिङ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार ओलीले गौतमसँग डिनर मिटिङ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।
चार जनाले डिनर गरेको फोटो प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। भेटपछि गौतमले केपी ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेका छन्।
भट्टराईले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो- केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो। तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको होइन जमानादेखिको हो र अटुट रहिरहनेछ,’ अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि!’
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते