नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ९ सय ग्राम हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग घर भएका ४९ वर्षिय दावा लामा तामाङ्ग रहेका छन ।
दावालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामाबाट बरामद लागुऔषधको मूल्य नेपाली बजारमा ९० लाख रुपैया पर्ने लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ । दुबई हुदै पाकिस्तान पुगेका उनले त्यहाँ हेरोइनका ९३ वटा क्याप्सुल निलेर नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।
लामाको कारोबारमा संलग्न धादिङ्गका देबिमाया भन्ने गोपि तामाङ्ग, होनिमाया तामाङ्गनी, बैंश बहादुर गुरुङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुबाट ३ सय अमेरिकि डलर पनि बरामद गरिएको छ ।पक्राउ परेका देबिमाया भन्ने गोपि तामाङ्ग लामो समयदेखि विभिन्न देशमा बसेर लागुऔषध कारोबारमा संलग्न रहदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दावा लामा तामाङ्ग पहिले पनि लागुऔषध कारोबारमा ५ बर्ष जेल सजाय भुक्तान गरिसकेको ब्यक्ति भएको पनि प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम