तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा ती वृद्धा सख्त घाइते भएकी थिइन् ।
दुर्घटनापश्चात तत्कालै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । ठक्कर दिने उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उहाँले बताए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते