गण्डकी प्रदेशसभा: रातारात अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखले १३ गते डाकिदिए विशेष अधिवेशन

गण्डकी प्रदेशसभा: रातारात अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखले १३ गते डाकिदिए विशेष अधिवेशन

amk

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुख शेरचनले वैशाख १३ गते २ बजे विशेष अधिवेशन बोलाउँदै प्रदेशसभा सचिवालयमा पत्र पठाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि प्रदेश सरकारले गत १ गते बुधबार मध्यरात नै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

विशेष अधिवेशन बोलाएको सम्बन्धमा प्रदेश प्रमुखको पत्र प्रदेशसभा सचिवालयमा आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिएका छन् ।

संविधानको धारा १८३ को ३ मा प्रदेशका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गर्ने व्यवस्था छ । यो अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव एजेण्डा बन्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds