काठमाडौँ – सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ। बालुवाटारमा सोमबार बिहान बसको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार साेमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
गएकाे पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वाेच्च अदालतले पुन:स्थापित गरेकाे थियाे। सर्वाेच्चकाे आदेश वमाेजिम फागुन २३ गते संसद अधिवेशन सुरु भएकाे थियाे।
विधेयक अधिवेशन अन्त्य भए पनि चाँडै नै बजेट अधिवेशन सुरु हुनेछ । जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण बजेट अधिवेशन चाँडै सुरु हुनेछ ।
यस्तै, बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय पनि भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम