पोखरा – आइतबार कास्कीका ६१ सहित गण्डकीमा थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालायद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ६ जिल्लाका ८१ जनामा कोरोना पुष्टि भएको हो ।
आज कास्कीमा पुष्टि भएका संक्रमितहरु मध्ये माछापुछ्रे गाउँपालिका -४ का १ जना बाहेक अन्य सबै ६० संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका छन् ।
यस्तै नवलपुरका १ जना, स्याङ्गजाका ५ जना, तनहुँका २ जना, पर्वतका २ जना र बाग्लुङ जिल्लाका १० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका ८१ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार १ सय ६५ पुगेको छ ।
पछिल्लो ४८ घण्टामा गण्डकीबाट २९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ४४ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०७ जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ