कोरोनाको संक्रमण बढ्दो छ । देशभरी नै कोरोना लाग्नेको संख्या दिन प्रति दिन बढ्दै जाँदा गण्डकी प्रदेशमा पनि पछिल्लो साता ११ वर्षका २६ बालबालिकामा यूके भेरियन्टको संक्रमण पुष्टि भएको छ । संक्रमति हुनेमा ११ वर्षका बालबालिका धेरै रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।
पछिल्लो साता ११ वर्षका २६ जनामा यूके भेरियन्ट पुष्टि भएको निर्देशनालयका प्रमुख डा। विनोदविन्दु शर्माले जानकारी दिए । यो उमेरका बालबालिकामा संक्रमण धेरै देखिएपछि विद्यालयमा र्यान्डम नमुना परीक्षण सुरु गरिएको पनि डा. शर्माले बताए ।
“अहिले पोखरा र आसपासका क्षेत्रका विद्यालयमा नै गएर परीक्षण सुरु गरेका छौँ । कलेजका विद्यार्थीहरुमा पनि संक्रमण देखिएपछि र्यान्डम स्याम्प्लिङ गरेर एन्टिजेन विधिबाट परीक्षण गरिरहेका छौँ,” डा. शर्माले भने । गण्डकी प्रदेशमा अहिले कोरोनाका ४१६ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ