गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

bises

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा रहेका बेला हठात प्रदेशसभा अधिवेशन अन्त्य गरिएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका हुन् । प्रदेशसभामा बिहीबार नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न अधिवेशन माग गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाका एक चौथाइ सदस्यले विशेष अधिवेशन माग गर्दै निवेदन दिएमा प्रदेश प्रमुखले अधिवेशनको मिति र समय तोक्न सक्ने व्यवस्था छ ।

हेर्नुहोस् विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई बुझाएको पत्र

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds