राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले बाहेकका दलहरू मिलेपछि गण्डकी प्रदेशको एमाले सरकार अल्पमतमा पर्ने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन् । सरकार जोगाइराख्न मुख्यमन्त्री गुरुङलाई ३१ सदस्यको साथ चाहिन्छ । उनलाई थप तीन प्रदेशसभा सांसद आवश्यक पर्नेछ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको साथ दिएकाले समर्थन फिर्ता लिनुपरेको बताएका छन् । समर्थन फिर्ता लिएको जानकारी गण्डकी प्रदेशसभालाई दिइसकिएको जनमोर्चा अध्यक्ष केसीले जानकारी दिए । केसीले आफूहरू नयाँ गठबन्धन बनेपनि सरकारमा नजाने र एमाले बाहेकको गठबन्धनलाई बाहिरै बसेर समर्थन दिने बताएका छन् ।
जनमोर्चाले भने तीन वर्षसम्म आफूहरूलाई सरकारलाई सहभागी गराउनेबारे एकपटक पनि नसोधिएको तर अहिले माओवादीले साथ छोडेर अप्ठ्यारोमा परेपछि सबैलाई मन्त्री बनाउछु भन्नु कपटपूर्ण कुरा भएको प्रतिक्रिया दिएको छ । त्यसका लागि उनले जनमोर्चाका सांसदलाई मन्त्री बनाउने भनेपनि जनमोर्चाले साथ नदिने जवाफ दिएको छ ।
गण्डकीमा जनमोर्चाका तीन जना प्रदेशसभा सदस्य रहेका छन् । मुख्यमन्त्री गुरुङ र एमालेले तीनजनाको मात्रै साथ पाए पनि सरकार जोगिने भएकाले उनीहरूलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् ।
चित्रबहादुर केसीको भनाईः
‘हामीले एमाले र माओवादी मिलेको गठबन्धनलाई समर्थन गरेका थियौं । ५ वर्षका लागि उनीहरूलाई समर्थन गरेको हो तर फुटेर छिन्नभिन्न भए । केन्द्रमा ओलीले शक्तिको दुरुपयोग गर्नुभयो । त्यो दुरुपयोग गर्नका लागि प्रदेशका साथीहरू कटिबद्ध भएर लाग्नुभयो । अहिले चोखा देखिएर के गर्ने ? उहाँ (मुख्यमन्त्री गुरुङ)को पनि योगदान छ ओलीको प्रतिगमनमा । आजभोलि त छ्याप्छ्याप्ति मन्त्रालय दिएर ! गण्डकीका हाम्रा तीनवटै सांसदलाई मन्त्री दिएका थिए, बसिनसक्नु थियो । लुम्बिनीमा पनि मन्त्री बन्नका लागि लुगा सिलाएर आउनु भनेका थिए हाम्रा सांसदहरूलाई । मैले तिमीहरू नै भइराख भन्नु भनेर जवाफ दिन पठाएको छु ।’
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते